भक्तपुरको बिस्काः जात्रालाई शान्तिपूर्ण बनाउन सिडिओ कार्यालयको यस्तो सूचना

132

भक्तपुर । भक्तपुरको बिस्काः जात्रालाई शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले यस्तो सूचना प्रकाशित गरेको छ ।

यही मिति २०७९ । १२ । २७ देखि मिति २०६०।०१।०५ गते सम्म सञ्चालन हुने भक्तपुर जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक रुपमा बिशिष्ट पहिचान बोकेको बिस्का (बिस्केट) जात्रालाई शान्तिपूर्ण, अनुशासित, व्यवस्थित, सभ्य र भव्य रुपमा सम्पन्न गर्न देहाय बमोजिम गर्नु र गराउनुहुन सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

देहाय: 

१. परम्परागत रुपमा रथमा चढ्न अधिकारप्राप्त र परम्परा बमोजिम पहिरन लगाएका व्यक्तिरपदाधिकारी मात्र रथारोहण गर्ने व्यवस्था मिलाउने ।

२. खुल्ला र बोतलमा मदिरा तथा मदिराजन्य पदार्थहरुको ओसार पसार, बिक्री वितरण,

सेवन जस्ता कार्य नगर्नेरनगराउने । 

३. जात्राको समयमा ढुंगामुढा, हुलहुज्जत, होहल्ला गर्ने जस्ता उच्छृंखल व्यवहार प्रदर्शन नगर्ने ।

यस सूचनाको अवज्ञा भएको खण्डमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सबैमा जानकारी गराइन्छ । साथै, यस सूचनाको कार्यान्वयन गरी जात्रालाई शान्तिपूर्ण, मर्यादित, अनुशासित, भव्य र सभ्य रुपले सम्पन्न गर्न सम्पूर्ण सरोकारवालाहरु र भक्तपुरबासी आदरणीय आमाबुबा, दिदीबहिनी र दाजुभाइ समक्ष विनम्र अनुरोध गरिएको छ ।

    खगेन्द्रप्रसाद रिजाल ,प्रमुख जिल्ला अधिकारी, भक्तपुर