भक्तपुरमा आइतबार थपिएका ८१ जना कोरोना संक्रमितको कहाँ-कहाँ हुन् ?

366

भदौं २८
भक्तपुर । कोरोना भाइसरको संक्रमण भक्तपुरमा आगो जस्तै फैलिरहेको छ । आइतबारको नियमित प्रेसमा स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्यांकअनुसार भक्तपुरमा ८१ जना संक्रमित थपिएका हुन् ।शनिबारसम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या ९१२ जना रहेको थियो । जसमा पुरुष ५१८ र महिला ३९४ जना रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ । पछिल्लो तथ्यांक अनुसार भक्तपुरमा कोरोना संक्रमितको संख्या ९९३ पुगेको छ । पुरुष ५७७ र महिला ४१६ जना रहेका छन् ।
आइतबार भक्तपुरमा देखिएको संक्रमण ३० जना भने प्रहरी रहेका छन् । प्रहरी स्रोतका अनुसार उनीहरु सबै महानगरिय प्रहरी वृत्त थिमिमा कार्यरत प्रहरीहरु हुन् । ५१ जना सर्वसाधरणमा कोरोना संक्रमण भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर जिल्लामा आज २८ गते आईतबार हालसम्मकै धेरै अर्थात ८१ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि गरेको भएता पनि ८२ जनाको नामवली आएको जानकारी दिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरको जानकारी अनुसार मध्यपुर थिमि नगरपालिकाको नीलबाराही, दिगुटमेल, कुमाननी, नगदेश, चोडे, बालकुमारी, बाहाखा बजार, सिद्धीकालीलगायतको स्थानमा ३९ पुरूष र ७ महिला गरि ४६ जना रहेका छन् । जसमा महानगरिय प्रहरी वृत्त थिमिमा कार्यरत प्रहरीहरु संख्या समावेश छ ।

भक्तपुर नगरपालिकामा ९ पुरूष र ८ महिला गरि १७ जना, चाँगुनारायण नगरपालिकामा २ पुरूष र १ महिला गरि ३ जना संक्रमित थपिएका छन् । सूर्यविनायक नगरपालिकामा १० पुरूष र ५ महिला गरि १५ जना रहेको छन् । १ जनासंग सम्पर्क भैरहेको छैन् । अहिलेसम्म भक्तपुरमा कोरोनाको कारणले १४ जनाको मृत्यु भएको छ । जसमा ५ जना महिला र ९ जना पुरुष रहेका छन् ।