काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले आज अपराह्न ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि सत्ता साझेदार दलका नेताहरू सम्मिलित कार्यदललाई न्यूनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो । कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल लगायत सदस्य छन् ।