यूके । रेडिङ्ग नेपाली समाज युकेको बाह्रौं महाधिवेशन सम्पन्न भएको छ । नयाँ कार्यसमितीको अध्यक्ष भिमसेन खड्का, उपाध्यक्षहरुमा यादब श्रेष्ठ, ऊदय घिसिंग, कल्पना पण्डित, सुरेश थापा र प्रेम गुरुङ छ्न् । महासचिबमा ओमकार अधिकारी र सचिबमा भरत पौड्याल र्निबिरोध चयन भएका छ्न्। कोषाध्यक्षमा सरोज थापा र सहकोषाध्यक्षमा जगन्नाथ सापकोटा चयन भएका छन् ।
सदस्यहरुमा, सुबास चौलागाई, चेत रेगमी, बिक्रम श्रेष्ठ , हरिमाया गुरुङ, बिनस रिजाल, ईन्दु सुब्बा, दुर्गा ढकाल, लक्ष्मण श्रेष्ठ , श्रीया पौडेल, रबिन्द्र श्रेष्ठ थापा, सुरेन्द्र ऊप्रेती, हिम्मत सिटौला र मिन गुरुङ रहेका छ्न् । संस्थाका अध्यक्ष टेक बहादुर गुरुङको सभापतित्वमा भएको महाधिबेशनमा प्रमुख अतिथीमा संस्थापक सल्लाहकार बिश्व आदर्श पण्डित, बिशेष अतिथी लेबर पार्टीको तर्फबाट काऊन्सीलर पदका ऊम्मेदबार राम गलामी थिए ।
संस्थाको नयाँ कार्यसमिती चयनको लागी एक निर्बाचन समिती पनी गठन गरिएको थियो । निर्बाचन समितीको संयोजकमा पुर्ब अध्यक्ष कृष्ण प्रसाद न्यौपाने सदस्यहरुमा पुर्ब अध्यक्ष द्वय मान गुरुंग र अर्जुन बस्नेत तथा मगर संघ रेडिंगका अध्यक्ष सोब रेगामी र नेवारी समाज रेडिंगकी अघ्यक्ष समाजसेबी जानकी कायस्त रहेका थिए । स्थानीय पाकिस्तानी कम्युनिटी हल, पाल्मर पार्क, रेडिंगमा सम्पन्न भएको उक्त कार्यक्रमको ऊद्घाटन कार्यक्रमका सभापती , प्रमुख अतीथी र बिशेष अतिथीबाट संयुक्त रुपमा रिबन काटेर गरिएको थियो भने स्वागत भाषण संस्थाका ऊपाध्यक्ष यादब श्रेष्ठले गरेका थिए ।
सन् २०१९ देखी २०२३ सम्मको चार बर्षिय कार्यप्रगती प्रतिबेदन महासचीब ओमकार अधिकारीले प्रस्तुत गरेका थिए । कोषाध्यक्ष सरोज थापाले आर्थिक प्रतिबेदन प्रस्तुत गरे भने सभाले दुबै प्रतिबेदन सामान्य संसोधन सहित सर्बसम्मत रुपमा अनुमोदन गरेको छ । यसैबीच रेडिंग नेपाली समाजलाई विभीन्न समयमा सहयोग गर्नुहुने स्वयंसेबी महानुभाबहरुलाई सम्मान स्वरुप प्रसंसापत्र र मायाको चिनो पनी प्रदान गरिएको थियो । महाधिबेशनको पहिलो सत्रमा बिशेष अतिथि राम गलामीले हाल सम्मका समाजका गतिवधीहरु अत्यन्तै प्रभाबकारी रहेका र समाजको दायरा अझै बढी फराकिलो बताए ।प्रमुख अतीथि वरिष्ठ समाजसेबी बिश्व आदर्श पण्डितले समाजका हरेक गतिबिधीहरु ऊत्तिकै महत्वपुर्ण र प्रसंसनीय रहेका बताए । उनले भबिस्यमा पनी अझै बढी लोकप्रिय र परोपकारी कार्यक्रमहरु आऊने बिश्वास ब्यक्त गरे ।
सभापती अध्यक्ष टेक गुरुङले आफ्नो मन्तव्य ब्यक्त गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरे । कोरोना कहरका कारण धेरै जसो कार्यक्रमहरु आयोजना गर्न नसकिए पनि गरेका अधिकांस कार्यक्रमहरु सफलता पुर्बक सम्पन्न गर्न सकेकोमा खुसी पनी ब्यक्त गरे । आफ्नो मन्तब्यको अन्तमा ऊनले भबिस्यमा आंफु कार्यसमितीमा नरहेपनी समाजसंग संधैभरी नजीक रहेर हरेक कृयाकलापमा ऊत्तिकै सहयोग र समर्थन रहने प्रतिबद्दता ब्यक्त गर्दै आफुंले नेतृत्व गरेको एघारौ कार्यसमिति भंग भएको घोषणा गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा निर्बाचन कमिटीको तर्फबाट संयोजक कृष्ण न्यौपानेले निर्बाचन प्रक्रियामा मतदाताको नामावली देखी ऊम्मेदबारी मनोनयन लगायत कार्यसमिती चयन सम्मका गतिबिधीहरु प्रकास पार्दै नब निर्बाचित पदाधिकारी तथा सदस्यहरुको नामावली घोषणा गरे । सबैलाई निर्बाचन समितीको तर्फबाट प्रमाण पत्र बितरण गरिनुको साथै सफत ग्रहण पनी गराईएको थियो । अन्तमा नव निर्बाचीत कमिटीको तर्फबाट अध्यक्ष भिमसेन खड्काले आंफुलाई बिश्वास गरेर अध्यक्षको जिम्मेवारी दिएकोमा निवर्तमान अध्यक्ष, निर्बाचन समिती र उपस्थित सबैमा धन्यबाद ज्ञापन गर्दै थप जोस जांगर र मेहनतका साथ ईमान्दारी पुर्बक काम गर्ने प्रतिबद्दता ब्यक्त गरे । महाधिबेशनको पहिलो सत्रको कार्यक्रम संस्थाका महासचीव ओमकार अधिकारीले संचालन गरेका थिए । दोस्रो सत्रको कार्यक्रम निर्बाचन समितीका सदस्य सचिब सोब रेगमीले संचालन गरेका थिए ।