भक्तपुर । नेकपा एमाले निकट युवा संठगन राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितको अध्यक्ष रविन थापा सर्वसहमत चयन भएका छन् । शनिवार भक्तपुरमा सम्पन्न १० जिल्ला अधिवेशनको बन्द सत्रले थापाको नेतृत्वमा ५९ सदस्य रहेको जिल्ला कार्यसमिति गठन गरेको हो ।
जिल्ला कार्यसमितिको उपाध्यक्षमा महेश मास्के, सचिवमा दिेपेश बिसुन्के, सहसचिव सबिता श्रेष्ठ , सहसचिब मिठ्ठाराम दाहाल (अल्ला) र कोषाधक्ष अरुण कवें रहेका छन् ।
युवा संघ नेपाल भक्तपुरको १० औं जिल्ला अधिवेशनको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले उद्घाटन गरेका थिए । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बासुदेव थापा, सचिब मोहनवीर श्रेष्ठ, युवा संघका केन्द्रिय उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलगायतको उपस्थिती रहेको थियो ।














