भक्तपुर । कविएवं पूर्व शिक्षक रामशरण कार्की ‘जितपुरे’ को कवितासंग्रह‘आज सबैको खाँचो छ’ विमोचन गरिएको छ ।कार्कीको पहिलो कवितासंग्रहको विमोचन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख, चाँगुनारायण नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष श्याम श्रेष्ठ, महेन्द्रग्राम माविका प्रधानाध्यापक सोम श्रेष्ठ र चाँगुनारायण नगरपालिका वडा नंं ८ कापूर्व वडा अध्यक्ष पराशर सापकोटाले संयुक्त रुपमा विमोचन गरे ।
वि.सं. २०१३ सालअसार १३ गते सुडालको जितपुरमा जन्मिएका कवि कार्की लामो समयसम्म शिक्षण पेशामा आवद्ध थिए । पेशाबाट अवकाशपछि आफूले विभिन्न समयमा फुटकर रुपमा लेखेका कविताहरुलाई एकत्रित गरी संग्रह प्रकाशन गरेको लेखककार्कीले बताए ।उनले आफूले विगत ४ दशकदेखि लेखेका र विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका कविताहरुको संगालो प्रकाशन गरेको जनाए । सञ्चारकर्मी एवम् साहित्यकार हरिसुन्दर छुकांको सम्पादनमा प्रकाशित सो कविता संग्रहमा कवि कार्कीको सो संग्रहमा ५६ वटा कविता संग्रहितगरिएका छन् ।
सं
ग्रहमा समावेश कविता वाचनगर्दै उनले सबै क्षेत्रमा अभावै अभावको अवस्था हुँदा समाजमा विभिन्न समस्या देखिएकोमा चिन्ता जनाउँदै सोही विषयलाई समयमै खबरदारी गर्न ‘आज सबैको खाँचो छ’ प्रकाशन गरेको बताए ।
संग्रह विमोचन कार्यक्रममा नगरप्रमखु खत्रीले कवि कार्कीका कविताहरु सान्दर्भिक हुनुका साथ समाजको ऐनाको रुपमा आएको चर्चा गरे । उनले उनका कविताहरुले सामाजिक, शैक्षिक, वातावरणीय क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रकालागि सचेत गराउने प्रकृतिका रहेको बताए ।
‘उहाँका कविताहरु समाजलाई सचेत गराउने खालका छन्, यसले समाजका सबै वर्ग र क्षेत्रलाई पथ प्रदर्शनको विम्बबोकेको छ’, उनले भने, ‘साहित्यमार्फत् समाज रुपान्तरण गर्न सकिन्छ, साहित्य समृद्धिको प्रतीकहो भन्ने कुरा यसबाट पुष्टि हुन्छ ।’
स
ोहीकार्यक्रममा वाटिटा स्रष्टा एवम् महेन्द्रग्राम माविका शिक्षक अम्बिका धितालले कविता संग्रहका साथै कवि कार्कीको व्यक्तित्व र कृतित्वबारे चर्चा गरिन् । उनले कवि कार्कीका कविताहरुमा प्रकृति प्रेम, राजनीतिप्रति व्यङ्ग्य, विकृति विसंगति माथिविम्व र प्रतीकमार्फत् खबरदारी पाइएको जनाइन् ।
वोजिनी नगरकोट रिसोर्टले प्रकाशकीय दायित्व बोकेको सो कृतिको विमोचनमा रिसोर्टका अध्यक्षदामोदार दंगालले साहित्यकारलाई उत्साहितगर्ने प्रयासका साथै रिसोर्टको संस्थागत उत्तरदायित्व निर्वाहकालागि कविता संग्रहको दायित्व बहन गरेको बताए ।
कार्यक्रममा कविता संग्रहका सम्पादक हरिसुन्दर छुकांले कविता संग्रहप्रकाशनको पृष्ठभूमिका साथै कविकार्कीको शैक्षिकर साहित्यिक व्यक्तित्वबारे चर्चा गरेका थिए ।
१०४ पृष्ठको सो कविता संग्रहको मूल्य रु. २२५ रुपैयाँ राखिएको छ । सो कविता संग्रहमा कवि हरिहर तिमिल्सिना र विराट नेपालभाषा साहित्यतः मुंज्याकाअध्यक्षएवम् लेखक महेन्द्रगोपाल कर्माचार्यको भूमिका समेटिएको छ ।