भक्तपुर महोत्सवमा खुला नृत्य प्रतियोगिता हुने

205

भक्तपुर महोत्सवको अवसरमा खुला नृत्य प्रतियोगिता आयोजना हुँदैछ । यही चैत २३ देखि २०८० वैशाख ३ गतेसम्म चल्ने सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन महोत्सवको अवसरमा नृत्य प्रतियोगिताको आयोजना गरिएको हो । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजनमा हुने प्रतियोगितामा प्रथमदेखि सान्त्वनासम्म नगद पुरस्कार राखिएको छ । पुरस्कार रकम क्रमशस् ३० हजार, २० हजार, १० हजार र ३ हजार रुपैयाँ रहेको छ ।

आयोजकका अनुसार नगदका साथ ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा अभिनयको समेत अवसर छ । भक्तपुर खेलकुद विकास समितिको सहयोग तथा इन्द्र विसुन्के, सुमनकुमार श्रेष्ठ र तेजस्वी कला केन्द्र एण्ड मिडिया र लालीगुराँस मिडिया नेपालको विशेष सहयोगमा प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।