माओवादी छाडेर जनमत पार्टीमा कुशवाहा, बारा–२बाट उम्मेदवारी दिने

42

काठमाडौं । – शिवचन्द्र कुशवाहाले डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट उपचुनाव लड्ने भएका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी कुशवाहाले उम्मेदवारी घोषणा गरेका हुन्।उनी आजै माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेका हुन् । यसअघि कुशवाहा बारा २ मा माओवादी–कांग्रेसको गठबन्धनबाट चुनाव लडेका थिए । उनलाई जसपाका रामसहाय यादवले पराजित भएका थिए ।

यसपटक माओवादी केन्द्रले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएपछि कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन्। उम्मेदवारी घोषणा गर्न आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा।राउतले लोकतन्त्रको रक्षाका लागि कुशावाहालाई उम्मेदवार बनाएको बताए । ‘गठबन्धनले जालझेल गरिरहेको छ, त्यसलाई चिर्नका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएका छौं’ उनले भनेका छन् । उनले अन्य साना वैकल्पिक शक्तिहरुले पनि जनमत पार्टीका उम्मेदवार कुशवाहालाई सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।