आस्था महिला विद्यालयबाट ६३ वर्षमा एसईई दिदैं चन्द्रलक्ष्मी

286

भक्तपुर । ६३ वर्षकी विद्यार्थी चन्द्रलक्ष्मी श्रेष्ठ आस्था महिला विद्यालय भक्तपुरबाट एसर्ईई परिक्षामा सहभागी हुदैंछिन् । यो विद्यालय शिक्षाबाट बञ्चित महिलाहरुको पढ्ने धोको पुरा गर्न सहयात्री बनेको छ । मनभित्र चाहना र दृढ अठोट भए पढ्नलाई उमेरले छेक्दन भन्ने यहाँका विद्यार्थीहरुले पुष्टि गरेका छन् । वि.सं. २०६५ सालबाट विद्यालय सुरु गरेको यो वर्ष ११ औं एसईई दिने तयारी गरेको छ । शिक्षाबाट बञ्चित महिलाहरुलाई शिक्षा दिने उद्देश्यले वि।सं। २०६४ सालदेखि सञ्चालित यो विद्यालयमा निकै समस्या भएपनि व्यवस्थापन र शिक्षकहरुको समुहले महिलाको पढ्ने धोको पुरा गर्न सक्रिय छ ।

२०६५ सालदेखि कक्षा सञ्चालन भएपनि भाडाको घरमा विद्यालय चलिरहेको छ । प्रार्चाय विना देउजाका अनुसार यो वर्ष विद्यालयबाट ६३ वर्ष उमेरकी विद्यार्थी चन्द्र लक्ष्मी श्रेष्ठ एसर्ईई परिक्षमा सहभागी हुदैं छिन् । यो वर्ष विद्यालयबाट ९ जना एसईई परिक्षामा सहभागी हुदैं छन् । उनीहरु सबै १७ वर्षदेखि ६३ वर्ष उमेरसम्मका रहेका छन् । उनीहरुको परिक्षा केन्द्र आर्दश माविमा परेको छ ।

शुक्रबारदेखि एसईई सुरु

यो वर्षको एसईई परिक्षा १७ गते शुक्रबारदेखि सुरु हुदैंछ । यस बर्षको परिक्षामा देशभरबाट ४ लाख ८५ हजार बिद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि देशभर ४ लाख ८५ हजार विद्यार्थी तयारीमा जुटेका छन्। परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। कक्षा १० को एसईई परीक्षामा यस पटक ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै छन्। साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र प्रश्न पत्र पुर्‍याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। प्रदेशगत रूपमा फरक–फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइदैंछ।