बागमती प्रदेश खेलकुद प्रतियोगिताकोलागि खेलाडी दर्ता हुनु पर्ने

343

भक्तपुर । प्रदेश खेलकुद परिषद बागमतीले आयोजना गर्ने “दोस्रो बागमती प्रदेश स्तरिय खेलकुद-२०७९ प्रतियोगिताकालागि यहिँ चैत १६ गतेसम्म खेलाडीहरुले आफ्नो नाम दर्ता गर्नु पर्ने भक्तपुर जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दीपक थापाले जानकारी दिएका छन् ।

विभिन्न संघका अध्यक्षका साथ विकाश समितिमा बसेको बैठकले कराते, तेक्वान्दो, एथलेटिक्स, बक्सिङ, आइ.टि.एफ तेक्वान्दो, उसु, जुडो ,फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टनलगायतका खेलाडीहरुले नाम दर्ता गर्नु निर्णय गरेको हो । १६ गते भित्र खेलाडी फर्म दर्ता गराउने र साथै १८ गतेबाट खेल संचालन गरि खेलाडी छनोट गर्ने निर्णय भएको खेलकुद विकाश समितिका अध्यक्ष थापाले जानकारी दिए ।