Friday, October 2, 2026
Home राजनीति महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ निर्वाचित

महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ निर्वाचित

39

दाङ । महेन्द्र बहुमुखी क्याम्पस घोराहीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका मनोज डिसी निर्वाचित भएका छन् ।डिसीले एक हजार ९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६२० मत लिए ।

सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी निर्वाचित भए । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी निर्वाचित भएकी छन् । त्यस्तै सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल निर्वाचित भएका छन् ।

एक जना सदस्य बाहेक सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएका छन् । अनेरास्ववियु, अखिल ९क्रान्तिकारी० र अखिल (छैठौं)ले गठबन्धन गरेका थिए । चैत ५ गते निर्वाचन कार्यतालिका रहे पनि विप्लव निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण स्थगित भएको थियो ।