गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनु पर्छ (पूर्ण पाठसहित)

16

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताएका छन् ।  संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपर्ने उनले बताए ।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मतका लागि राखेको प्रस्तावमाथि आफ्ना धारणा राख्दै सभापति देउवाले संविधानको पक्षमा गठबन्धन हुनुपर्ने बताएका छन् । उनले भने, ‘राजनीतिक गठबन्धन आत्म केन्द्रित, स्वार्थ प्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुनुहुँदैन । देश र जनताको पक्षमा संविधानको रक्षा गर्ने, देशमा स्थिरता, अमन चयन, शान्ति र विकासका लागि गठबन्धन हुन आवश्यक छ ।’

पूर्णपाठ :