नेपाल-यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा

122

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र यूएईबीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् । विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेल अघि उनले मैदानमै पुगेर खेलाडीहरूलाई शुभकामना दिएका छन्।

नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएका हुन्। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र यूएईबीच अन्तिम तथा निर्णायक खेल हुँदैछ ।