चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने

37
तस्विरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वास‍को मत लिने भएका छन्। प्रधानमन्त्री दाहालले चैत ६ गते पुनस्प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी थालेको स्रोतको दावी छ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते संघीय संसदबाट विश्वासको मत लिएका थिए। उनले एमाले, कांग्रेससहित १० दलको समर्थन पाएका थिए भने विपक्षमा २ मत परेको थियो। बीचमा राष्ट्रपति चुनावले गर्दा पुरानो गठबन्धन भत्किएसँगै एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएका थिए।

सरकार र समर्थन गरेको दलले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट पुनस् विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसै व्यवस्थाअन्तर्गत उनले चैत ६ गते पुनस् प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री दाहालले ६ गते विश्वासको मत लिने भएपछि पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन उपत्यका बाहिर नजाने निर्देशन दिएका छन्।