ओलीले आफ्नो स्वार्थका लागि चीनलाई उकास्‍ने प्रयास गरे

36

काठमाडौं । नेपाली कांग्रेसका सांसद अजय चौरासीयाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सत्ता स्वार्थका लागि चीनलाई उकासेको आरोप लगाएका छन् । उनले मुस्ताङमा बौद्ध विश्‍वविद्यालय बनाउने विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको टिप्पणी गैरजिम्मेवार भएको बताएका छन् ।

उनले भने, ‘कुनै पनि गाउँपालिकाले कुनै दूतावासलाई चिठी लेख्‍न सक्छ । त्यसमा सरकारको स्वीकृतिबिना कुनै पनि दूतावासले लगानी गर्न सक्दैन भन्‍ने त थाहा पाउनुपर्छ । अर्थ मन्त्रालयको स्वीकृतिबिना अघि बढ्दैन भन्‍नेसमेत हेक्का नराखेर ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिनु बरु राष्ट्रमाथिको गद्दारी हो ।’

‘जुन गाउँपालिकाले लगानीको माग गरेको थियो, त्यहाँ त एमालेका अध्यक्ष निर्वाचित भएका थिए । ओलीले कुनै प्रतिक्रिया दिँदा चीनलाई मुछ्नु चीनसँग गद्दारी हो भने ओलीले आफू प्रधानमन्त्री हुँदा भारतको सीमामा चिनियाँ लगानी भित्र्याउनु भारतसँग गद्दारी होइन र ?’ उनले प्रश्न गरे ।