विश्वविद्यालय सेवा आयोगद्वारा कर्मचारी माग

43

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । यस विश्व विद्यालयको प्रशासन शाखाका लागि विश्वविद्यालयले कर्मचारी माग गरेको छ । जसमा सहायक प्रशासक (सूचना प्रविधि)मा १, सहायक प्रशासक (सहायक लाइब्रेरियन) मा १, ल्याब असिस्टेन्ट (कम्प्युटर इन्जिनियरिङ) मा १, ल्याब असिस्टेन्ट सिभिल इन्जिनियरिङमा १, असिस्टेन्ट (प्रशासनमा १ र लेखामा १० जनाको माग भएको छ ।

यी सबै पदमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गरिने आयोगले जनाएको छ । ३० चैतसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर तिरेर ७ वैशाखसम्म आवेदन दिने सकिने छ । उपप्राध्यापकतर्फ विश्वविद्यालयले इन्जिनियरिङ, कानुन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, सामान्य विज्ञान र व्यवस्थापन विषयमा कुल २५ जना उपप्राध्यापकको पदमा रोजगारी खुलाइएको छ । जसमा खुला र महिला समावेशी प्रतियोगिताबाट छनोट गरिने भएको छ । आवेदन दिने मिति ३० चैत तोकिएको छ । दोब्बर दस्तुर तिरेर ७ वैशाखसम्म आवेदन दिन सकिने छ ।