काठमाडौँ । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा तात्विक अन्तर नभएको निष्कर्ष निकाल्दै राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिए ।
राष्ट्रपति निर्वाचनमा नेमकिपाका एक संघीय सांसद र दुई प्रदेश सांसद मतदाता रहेका छन् । राष्ट्रपतिको उम्मेदवारमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्बाङ छन् । मतदान नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको छ।