भक्तपुर । काठमाडौं महानगरपालिका मेयर बालेन साह नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलाई भेटन भक्तपुर गएका छन् । एमाले नेता बस्नेतको सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित घरमा मेयर साह बस्नेतको भेट भएको हो । बस्नेतको सचिवालय अनुसार भेटवार्ता विशेष गरी १५ वटा विषयमा केन्द्रीत भएको थियो ।
विकास र समृद्धिको विषयमा एक ढिक्का भएर अगाडी बढ्नु नै राजनीतिक दल तथा जनप्रतिनिधिको महत्वपूर्ण जिम्मेवारी भएकाले दुवै नेताहरुले आत्मसात् गर्दै सहयोग र सद्भावका साथ अडागी बढ्ने प्रतिवद्धता जनाए । नेता बस्नेत र मेयर शाहबीचको भेटवार्तामा काठमाडौँ र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवैले खेल्नुपर्ने भूमिकाको र भक्तपुरको विकास मुलुककै लागि उदाहरणीय भएकाले त्यसलाई अनुकरण गर्ने विषयमा केन्द्रीत भएको थियो ।त्यस्तै मेयर साहले केही स्थानको विकास तथा पुनःनिर्माण गरिएको अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला , पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरेका थिए ।