स्याङ्बोचेमा जलवायुको असरबारे अन्तरक्रिया

62

काठमाडौँ । जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तरक्रिया गरिने भएको छ । संस्थाले यही फागुन २४ गते आयोजना गर्न लागेको कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युएनडिपी, इसिमोड, एनटिएनसी, बेकर्सडेन, सम्बन्धित स्थानीय तहलगायत सङ्घसंस्था र निकायको सहयोग एवं सहकार्य रहने बताइएको छ ।

जलवायु परिवर्तन र वातावरणका क्षेत्रका कार्यरत साथसाथै गत वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवसकै अवसरमा सगरमाथाको कालापत्थरमा एक कार्यक्रम गरी ‘कालापत्थर घोषणापत्र’ जारी गरेको थियो । ‘कालापत्थर घोषणापत्र’ पछि सो क्षेत्र आसपास बर्सेसि कार्यक्रम गर्ने योजनाअनुसार यो कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् । कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभा सदस्य एवं पूर्वमन्त्री डा विमला राई पौड्याल, युएई राजदूतावासका प्रतिनिधि, विज्ञलगायतको सहभागिता रहने उनले बताइन् ।