वकिलसँग परामर्श लिएर सन्दीप लामिछाने आज युएई जाँदै

65

काठमाडौँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने बुधबार युएई जाने भएका छन्। सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेसँगै क्रिकेटर लामिछाने आज यूएई जान लागेका हुन्। विश्वकप लिग- २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले आफ्नो पहिलो खेल खेलिसकेको छ। बिहीबार दोस्रो खेल खेल्दै छ।

विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन्। तर सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको हो। उनले युएई प्रस्थान गर्नुअघि आफ्ना कानुनव्यवसायिसँग परामर्श गरेका थिए। सन्दीपलाई भेटेर अदालतको आदेश र युएईमा पालना गर्नु पर्ने नियमका बारेमा जानकारी गराएको वकिल सरोज कृष्ण घिमिरेले जानकारी दिए।