Thursday, October 1, 2026
Home समाचार आज सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ

आज सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ

64

काठमाडौँ । आज क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला हुँदैछ ।शुक्रवार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो ।