बुटवल-पाल्पा सडक दैनिक ८ घण्टा बन्द

117

बुटवल । बुटवल-पाल्पा सडक दैनिक ८ घण्टा बन्द हुने भएको छ । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट चट्टानसहितको पहिरो खसेर बेला–बेलामा दुर्घटना भई मानवीय क्षति हुने गरेको छ । यो सडकले बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङ, कास्की, पर्वत जिल्लालाई जोड्दछ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय मिटर लामो सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा ठेक्का पाएर काम सुरु गरिरहेको छ ।

सिद्धबाबा सुरुङ मार्ग योजना बुटवलले शुक्रबार सूचना प्रकाशित गरी सडक डाइभर्सनको काम शुरु भएको र सवारी साधन चल्दा दुर्घटनाको जोखिम देखिएकाले फागुन १३ देखि २७ गतेसम्म दुई पटक गरेर दैनिक ८ घण्टा राजमार्ग बन्द गर्न लागिएको जनाएको छ ।