हात्तीपाइले रोग विरुद्धको औषधी कुन-कुन जिल्लामा खुवाईन्छ ?

57

काठमाडौं । यही फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हात्तीपाइले प्रभावित १५ जिल्लाहरूमा औषधि सेवन अभियान चलाइने छ।

झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके दाङ र कैलाली हात्तीपाइले विरुद्धको औषधि खुवाइने छ। तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिक स्थल आदि मा बुथ राखि यो औषधि खुवाउने मन्त्रालयले जनाएको छ।