घट्यो सुनको मूल्य

28

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलवार छापावाला सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ ।

सोमवार प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।