आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

66

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

प्रदेश नं १लुम्बिनी प्रदेशगण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागहरूमा  आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

२०७९ फागुन ९ गते (मंगलबार)

दिउँसोː प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। छ। प्रदेश नं १ का पहाडी भभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː  प्रदेश नं १गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नं १गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ फागुन १० गते (बुधबार)

दिउँसोː प्रदेश नं १बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː  प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

२०७९ फागुन ११ गते (बिहीबार)

दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श ( Warning / Advisory for next 24 hours):

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको साथै प्रदेश नं १को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको  हुनाले  मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु हुन अनुरोध छ।