गुण एयरका उडान बन्द हुनुको कारण यस्तो छ…

47

काठमाडौं । गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न नागरिक उड्डयन प्राधिकरणलेनिर्देशन दिएको छ।पाइटल र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न सोमबार नै पत्र पठाएको छ।

उडानमा संलग्न कर्मचारीलाई तलब सुविधा नदिएपछि उडान सुरक्षामा जोखिम देखियो उनले भने, जोखिमलाई मध्यनजर गरेर अर्को व्यवस्था नभएसम्म सबै उडान बन्द गर्नु भनेर पत्र काटेका छौं। गुणका उडान गत बुधबारदेखि नै बन्द छन्। यसअघि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो।