काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य २०० सय रुपैयाँले घटेको छ । हिजो मङ्गलवार १ लाख ३ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज भने २०० सयले घटेर १ लाख ३ हजार ६ सय रुपैयाँ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेर प्रतितोला रु १ लाख तीन हजार एक सय मा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर रु १ हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।