पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब राष्ट्रपति पद नेकपा (एमाले)लाई दिन नहुने बताएका छन् ।
बुधबार पोखरामा पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिए । शक्ति सन्तुलनका हिसाबले पनि एमालेबाट राष्ट्रपति हुन नहुने उनको भनाइ थियो ।
राष्ट्रपतिमा सकेसम्म सबैको नसके अधिकांश दलको सहमति जुटाउन आफ्नो पार्टी लागिपर्ने उनले बताए । प्रतिनिधिसभाको सभामुख एमालेबाट, राष्ट्रियसभाको अध्यक्ष एमालेबाट भएकाले राष्ट्रपति अरू दलबाट हुनुपर्ने उनको धारणा छ ।
‘सभामुख एमालेको, राष्ट्रियसभा अध्यक्ष एमाले,’ उनले भने,‘राष्ट्रपति एमालेलाई दिए त बर्बाद नै हुन्छ नि !’