काठमाडौँ । महोत्तरीमा स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको मटिहानी नगरपालिका– ८ दशगजा क्षेत्र नजिकैबाट सोही वडा निवासी २९ वर्षीय महेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।