एनआरएनएकाे शिविर सम्पन्न

147

दमक । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा झापाको दमकमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

समितिका अध्यक्ष डा. संजीव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा आयोजित सो शिविरमा १५० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए।

शिविरमा तीसभन्दा बढी विशेषज्ञ डाक्टर, नर्स, मेडिकल प्यारामेडिकहरूले चिकित्सा परामर्श प्रदान गरेका थिए।

साथै धेरै डाक्टरहरुले चिकित्सासम्बन्धी विषयमा परामर्श पनि गरेका थिए।।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको गतसाता सम्पन्न बैठकले झापा, मोरङ, सुनसरी र गाईघाटमा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको हाे।