रविलाई गृहमन्त्री बनाउन माग, एक कर्मचारीले गरे आत्मदाहको प्रयास

81

काठमाडौँ । जुम्लामा रवि लामिछानेलाई गृहमन्त्री बनाउन माग गर्दै एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाउन खोजेका छन् ।

जुम्ला सदरमुकाम खलङ्गाका एक ४० वर्षीय पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका हुन् । शरीरमा पेट्रोल छर्के पनि लाइटर नबल्दा क्षति भने हुन पाएन । अहिले उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।