काठमाडौँ । नागरिकता प्रकरणले निकै चर्चा र विवादमा आएका रवि लामिछानेलाई आफ्नो गल्ती सुधार्ने र नयाँ राजनीतिक कोर्स सुरु गर्ने अवसर प्राप्त भएको छ । सर्वोच्च अदालतले उनले पहिले नै लिएको नागरिकताले अब मान्यता पाउन नसक्ने भन्दै अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिनैपर्ने फैसला गरेपछि उनको सांसद र मन्त्री पद गुमिसकेको छ ।
सामाजिक सञ्जालकै कारण चर्चा, विवादसँगै आलोचना र सफलता पाएका रवि लामिछानेले अब एक नागरिकका रुपमा सुरुमा नागरिकता प्राप्त गर्ने विधि र प्रक्रियामा सामेल भएका छन् । गृहमन्त्रालयको कुर्सीमा बसेका उनलाई एउटा नागरिकता प्रकरणले फेरि सडकमा ल्याएपछि उनलाई पुराना गल्ती सच्याउने र नयाँ राजनीतिक दौडमा सामेल हुने अवसर प्राप्त भएको हो ।














