काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादीले जनाएको छ ।
बिहीबारदेखि जारी बैठकमा हिजो पहिलो दिन बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयवस्तु राखेका थिए । उनले राष्ट्रपतिको निर्वाचनमा पार्टीको कदमबारे नेताहरूको राय मागेका छन् ।