राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

131

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने सङ्कल्पका साथ बैठक बिहान ११ बजे बस्न लागेको हो ।

दुई दिन बस्ने बैठक निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा, भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र पेश गर्नेछन् ।

त्यस्तै सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डा.विष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता वसन्तमानसिंह अधिकारीले बताए ।

प्रतिवेदनमाथि केन्द्रीय सदस्यले टिप्पणीसहित धारणा राख्नेछन् । समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य विषयमा पनि छलफल हुने भद्राले जानकारी दिए ।