लेखापालको बढ्यो तलब

62

तुलसीपुर । तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले २० हजार पाँच सय तलब पाउनेछन् ।

यसअघि उपमहानगरपालिकाभित्रका लेखापालको तलब १८ हजार पाँच सय थियो ।