काठमाडौँ । लक्ष्मी लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ४ माघ बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयर धनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ५ प्रतिशत नगद प्रस्ताव गरेको छ । लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।