नगरपालिकाले माग्यो कर्मचारी

63

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिकाले कर्मचारी नियुक्तिका लागि लागि दरखास्त आह्वान गरेको छ । नगर प्रहरी र कर्मचारी करार सेवामा नियुक्त गर्ने गरी दरखास्त आह्वान गरिएको हो ।

बिहीबार एक सूचना प्रकाशित गरी नगर प्रहरी, अनमी र ल्याब असिस्टेन्टका लागि आवेदन आह्वान गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा राजस्व तिरेको सक्कल रसिदसहित दरखास्त दिन सूचित गरिएको छ ।