काठमाडौँ । विमान दुर्घटनाका कारण सरकारले सोमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिएपनि बैंक तथा वित्तीय संस्थाहरू भने खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सार्वजनिक विदा भएपनि बैंक तथा वित्तीय संस्थालाई कारोबार जारी राख्न निर्देशन दिएको हो ।