काठमाडौं । यति एयरलाइन्सको विमानमा १५ विदेशीसहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए । नागरिक उड्डयन प्राधिकरण अनुसार ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए । बाँकी ५३ जना नेपाली यात्रु रहेका थिए ।
यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नअघि दुर्घटना भएको थियो । विमानस्थललाई हाल बन्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानले ‘ल्याल्डिङ क्लियरेन्स’ लिइसकेको थियो । र, पाइलटले कुनै समस्या भएको जानकारी गराएका थिएनन् ।पोखराको मौसममा पनि कुनै समस्या थिएन । विमान सेती खोंचमा पुग्दासम्म टावरको सम्पर्कमै थियो । विमान सम्पर्कमा रहँदारहँदै ल्यान्डिङ एप्रोच लिने समयमा दुर्घटनामा परेको देखिएको छ ।
यतिको प्रेस नोटिस यस्तो छ