हेटौंडा । बागमती प्रदेशमा सभामुखका लागि ३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता साझेदार दलबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकार र नेमकिपाकी सृजना सायजुले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । जस अनुसार राप्रपाका पाठक नेकपा एमाले र माओवादीसहितको समर्थनमा सभामुखको उम्मेदवार बनेका हुन् । पाठकलाई नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रस्ताव र नेकपा माओवादी केन्द्रका युवराज दुलालले समर्थन गरेका छन् । बागमती प्रदेशमा सत्ता साझेदार पाँच दलसँग ७० सांसद छन् ।