जसपा र एकीकृत समाजवादीबीच वार्ता हुँदै

69

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुन लागेको छ ।

एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको कार्यदलका सदस्य प्रकाश ज्वालाले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले महासचिव वेदुराम भसालसहित नेताहरु डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेको कार्यदल बनाएको थियो ।

यस्तै जसपाले पनि नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी रहेको कार्यदल बनाएको छ ।