अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

103

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महोत्तरीको बलवा नगरपालिकाका तत्कालीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बालवीर ठाकुर, सब-इन्जिनियर, अनुगमन तथा उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

बलवा नगरपालिका वडा नं. ३ मा आ.व. २०७४-०७५ मा सडक ढलानको लागि विनियोजित रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

नगर कार्यपालिकाको कार्यालय अन्तर्गत रहेको परिक्रमा रोडदेखि ईदरिश नदाफको घर हुँदै विजलवा टोलको तारगाछीसम्म पी.सी.सी. र मुस्लिम सामुदायिक भवन निर्माण योजनामा नभए नगरेको कार्यलाई भएको गरेको भनी नापी गरी बदनियतपूर्वक कार्य सम्पन्न प्रतिवेदनमा रू. १,०८,९५३.२२ को कार्य बढी मूल्याङ्कन गरेर झुट्टा विल स्वीकृत गरी भुक्तानी गरेको अख्तियारको दाबी छ ।