नेमकिपाले सरकारलाई समर्थन नगर्ने

44

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिब एवम सांसद प्रेम सुवालले आफूले सरकारलाई समर्थन नगर्ने र प्रतिपक्षमा बस्ने बताए।

मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई समर्थन नगर्ने बताए।

उनले ठुल्ठूला भ्रष्टाचारमा संलग्नहरुलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

उनले बलात्कारको जघन्य अपराधमा संलग्न, मानव अधिकारको गम्भीर उलंघनकर्ता र नेपालको आन्तरिक कुरा विदेशीलाई पुर्‍याउनेलाई पनि मृत्यदण्डको सजाय दिनेगरी सरकारले कानुनी व्यवस्था गर्नुपर्ने बताए।

‘ठुल्ठूला भ्रष्टाचारी, महिला बलात्कार गरेकालगायतका अपराधिहरु, मानव अधिकारको गम्भीर उलंघन गरेका नेपालको गुह्य कुरा विदेशीलाई पुर्‍याउने देशद्रोहीलाई अहिलेको संविधान संशोधन गरी मृत्यदण्ड दिने कानुनी व्यवस्था गर्न आवश्यक छ’, उनले भने।

सांसद सुवालले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन, भारतले मिचेको नेपालका सबै भूमि फिर्ता गर्न पनि सरकारलाई दवाव दिए।