यस्तो छ तीन दिनको मौसम

65

काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।

मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)
देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ।

२०७९ पुस २४ गते (आईतवार)
दिउँसोː प्रदेश नं १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। बिहानीपख तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।
रातीː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

२०७९ पुस २५ गते (सोमवार)
दिउँसोː सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ पुस २६ गते (मंगलवार)
दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours):
तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।
नोटः हुस्सु/कुहिरो सम्बन्धि थप जानकारीको लागि हरेक बिहान ९:३० बजे मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने हुस्सु/कुहिरो/शितलहर बुलेटिन तथा विशेष बुलेटिन हेर्न हुन अनुरोध छ।