राया र घिमिरेले सम्हाले कार्यभार

27

काठमाडौं । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबारदेखि कार्यभार सम्हालेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवद्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गरेका हुन् ।

सचिवद्वय राया र घिमिरेलाई स्वागत गर्नुअघि मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आएका सचिवद्वय कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाललाई पनि बिदाई गरेका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयमा नयाँ जिम्मेवारीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रायालाई अर्थ सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घिमिरेलाई राजस्व सचिवमा सरुवा गरेको थियो ।