वीरगञ्ज । प्रहरीले वीरगञ्ज-२५ सिर्सियाका १४ वर्षीय निरजकुमार पासवानको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज-१७ अलौं बस्ने कृष्णा भन्ने श्यामप्रसाद यादव र धोविनी गाउँपालिका-१ घोडदौड पिप्रा घर भई वीरगञ्जमै बस्दै आएका ३० वर्षीय दिलीपकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर प्रहरीले घटनामा उनीहरुको संलग्नता रहेको दाबी गरेको छ । घटनामा थप एक जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।