काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार मात्र वालुवाटार सर्ने तयारी गरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बालुवाटार छोडेर धुम्बाराही सरेपछि प्रचण्डले सर्ने तयारी गरेका हुन ।
प्रचण्ड सचिवालयले बालुवाटारमा आज सरसफाइ गर्ने र भोलि मात्रै सर्ने अनलाइनखबरलाई बतायो । बालुवाटार निवासमा महंगा सरसमान खरिद नगर्र्न प्रचण्डले निर्देशन दिएका थिए ।