जसपाले संसदीय दलको नेता चुन्दै

139

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)ले बुधबार संसदीय दलकाे नेता छनाेट गर्दैछ।

संसदीय दलकाे नेता छनाेटका लागि पार्टीले आज निर्वाचन गर्दैछ। मतदानकाे समय दिउँसाे साढे २ बजेदेखि साढे तीन बजेसम्म ताेकिएकाे पार्टी निकट स्राेतले जनाएकाे छ।

मतदान हुनुभन्दा अगाडि मनाेनयन दर्ता हुनेछ। यसका लागि बिहान ११ बजेदेखि १२ सम्मकाे समय दिइएकाे छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीकाे रूपमा समर्थन गर्ने सात दलीय गठबन्धनमा जसपा पनि रहेकाे छ।

१२ सांसद् रहेकाे जसपा हाल सरकारमा छैन। उसले सरकारमा जाने अथवा नजानेबारे छलफल गर्न पुस १८ र १९ गते बैठक बाेलाएकाे छ। उक्त बैठकले सरकारमा जाने नजानेबारे छलफल गर्नेछ।