अब बन्द कोठामा कुनै काम हुँदैन: अर्थमन्त्री पौडेल

101

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अब बन्द कोठामा कुनै काम नहुने बताएका छन् ।  निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि बन्द कोठामा बसेर बजेटमा करको दर हेरफेर गरेको आरोप लागेको हुनाले  ‘म पारदर्शितामा विश्वास गर्छु, बन्द कोठामा कुनै काम हुने छैन’ भनेका हुन् ।

उनले टुंडिखेल शब्द निकाल्दै सबै काम खुला रुपमा गर्न कर्मचारीलाई समेत निर्देशन दिए ।अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उनले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई सबैको राय दुनियाँको अनुभवलाई लिए समस्या समाधानमा लाग्ने बताए ।

‘अर्थतन्त्रका चुनौतिको कारण खोजेर, समाधानमा प्रभावकारी सम्वाद गर्ने, पहिचान, सामाधान गर्नेछु,’ उनले भने, ‘चिन्तित भएको अर्थ जगतलाई आश्वस्थ बनाउन चाहन्छु, हामी समाधान गर्छौं ।’

उनले चालु खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने बताए । अर्थमन्त्री पौडेलले पुर्वाग्रहमा विश्वास नराखी अर्थतन्त्रको सुधारमा काम गर्ने बताए ।