अनेरास्ववियु भक्तपुरको कार्यबहाक अध्यक्षमा तिमिल्सिना

231

भक्तपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु भक्तपुर जिल्ला कमिटिको कार्यबहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष प्रवेश तिमिल्सिनाले पाएका छन् । शनिबार बसेको विशेष बैठकले उनलाई संगठन कार्यबहाक अध्यक्ष जिम्मेवारी दिएको एमाले भक्तपुरका एक नेता जानकारी दिएका छन् ।
सो बैठकमा अनेरास्ववियुका केन्द्रिय महासचिव समिक बडाल, एमाले भक्तपुरका विद्यार्थी इन्र्चाज पुण्य ढुंगेल, अनेरास्ववियुका केन्द्रिय नेताहरु जयराम बास्तोला, सुवाश तिमिल्सिनालगायतको उपस्थिती रहेको थियो ।